20.1.14

मैनबत्ती र धुपबत्ती

" कोठाको एउटा कुनामा धुप बली रहेको छ र अर्को कुनामा धुपबत्ती । मैनबत्तीले अलि घमण्डी पाराले धुपबत्तीलाई हेर्दै भन्यो , हेर म कत्ती भाग्यमानी छु चारै तिर मेरो प्रकाश फैलिएको छ, सबैले मेरै तर्फ हेर्छन मलाई ध्यान दिन्छन तिमीलाई त कसैले वास्ता गर्दैनन । यो सुनेर धुपबत्तिले नरम आवाजमा भन्यो यो त तिमीले ठिकै भनेउ तर परिक्षाको कठिन समयमा जो धैर्ये अनी साहसको साथ आफ्नो ठाउँमा अडिग भएर आफ्नो चमक दिन सक्छ त्यो नै सार्थकता हो । मैनबत्तिले धुप को कुरा सुनेर पनि नसुनेको जस्तै गरिदियो । त्यतिकैमा हावाको एउटा तेज झोका आयो र मैनबत्ती निभ्यो तर धुपबत्तिले झन धेरै सुगन्ध फैलाउन सुरु गर्‍यो । " त्यो चमक के काम जस्ले एउटा हावाको झोका पनि थाम्न सक्दैन त्यसैले आफ्नो छुद्र क्षमता माथि घमण्ड गर्नु मुर्खता मात्र हो ।

0 comments:

Post a Comment